जहाज दुर्घटना अपडेट : लार्जुङबाट फर्कियो सेना, विमान अझै बेपत्ता

जहाज दुर्घटना भएको आशंका गरिएको लार्जुङबाट सेनाको टोली फर्किएको छ । केही समयअघि त्यसतर्फ गएको आर्मीको टोली कोवाङतर्फ नै फर्किएको हो । अझै बेपत्ता विमानबारे एकिन हुन सकेको छैन ।

लार्जुङका स्थानीय शिक्षक वीरेन्द्र लामिछानेका अनुसार दुर्घटनास्थलबारे अन्योल हुँदा उनीहरू अलमलिएका छन् । ‘आर्मीहरू फर्किनुभयो । कहाँ दुर्घटना भएको भन्ने थाहा छैन,’ उनले भने, ‘आशंका यतै हो । तर, ठाउँ थाहा भएन ।’

सबैतिरका स्थानीयले आवाज सुनेको भनेपछि झनै अन्योल बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *