७५ अर्बभन्दा बढीको परियोजना स्वीकृत गरेका छौँ :मन्त्री उमा रेग्मी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले चालु आर्थिक वर्षमा समाज कल्याण परिषद्ले ७५ अर्ब भन्दा बढीको परियोजना स्वीकृत गरिसकिएको बताएकी छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री रेग्मीले समाज कल्याण परिषद्मा विभिन्न बहानामा रोकिएका परियोजनाहरू स्वीकृत गरिएको बताएकी हुन् ।

कुनै पनि परियोजना यो वा त्यो बहानामा रोकिनु हुन्न मन्त्री रेग्मीले भनिन् यो सात महिनामा हामीले रोकिएर बसेका परियोजनाहरू अध्ययन गरेर पास गरेका छौ । उनले समाज कल्याण परिषद लाई पारदर्शी र जनमुखी बनाउन पूर्ण रूपमा डिजिटलाइज गरिने समेत बताए ।

‘परिषद्मा अनावश्यक रूपमा फाइल रोकिने गरेको गुनासो छ ,अब कुनै बार्गेनिङ चल्दैन, उनले बताए, ‘यसलाई अन्त्य गर्न समाज कल्याणको पुरै सिस्टम प्रविधि मैत्री बन्नेछ । उनले समाज कल्याण लाई प्रविधि मैत्री बनाउन सरकारी र गैर सरकारी संस्थाहरूलाई सहयोगको आह्वान समेत गरिन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *