वोमी लघुवित्तको लाभांश प्रस्ताव

वोमी लघुवित्तले लाभांश घोषणा गरेको छ । बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुंजीको २०  प्रतिशतले हुन् आउने ८  करोड २३ लाख ८८ हजार ८ सय ८० रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुंजी ४१ करोड १९ लाख ४४ हजार ४ सय रहेको छ । वोमी लघुवित्त र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जर भई एकीकृत कारोवार समेत आर्थिक वर्ष २०७७/०७८ मा शुरुवात गरिसकिएको हुँदा आयकर ऐन बमोजिम बोनस शेयरमा लाग्ने कर छुटको सुविधा समेत उपयोग गरिने भएकोले कर प्रयोजनको लागि नगद लाभांश प्रस्ताव नगरिएको कम्पनीले जनाएको छ।

कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *