आईजीपीबाट हटाइएपछि दानबहादुर कार्की अदालत जाने तयारीमा

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले सरकारको निर्णयविरुद्ध अदालत जाने तयारी गरेका छन्।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो।

सरकारले रिक्त पदमा अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको छ ।

सरकारको निर्णय सार्वजनिक भएलगत्तै कार्कीले आफूनिकट व्यक्तिहरूसँग कानुनी उपचार खोज्ने बताएका हुन् ।

‘सरकारले पहिलेदेखि अप्ठ्यारो पारिरहेको थियो । म कानुनी लडाइँमा जान्छु,’ कार्कीको भनाइ उद्धृत गर्दै उनीनिकट व्यक्तिहरूले बताएका छन् ।

कार्कीले मन्त्रिपरिषद्को निर्णयलाई अदालतमा चुनौती दिने र त्यसविरुद्ध कानुनी प्रक्रिया अघि बढाउने तयारी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *