काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेकाे छ भने चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। साेमबार सुन प्रतितोला दुई लाख ९१ हजार ५०० रुपैयाँमा नै खरिदबिक्री भएको थियो।
त्यस्तै, यस दिन चाँदी प्रतितोला चार हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला चार हजार ४३० रुपैयाँमा कारोबार भएको थियो।




