पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

ग्यासको मूल्य ७५,पेट्रोल/डिजेलमा प्रतिलिटर ३/३ रुपैयाँ वृद्धि 

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित सबै प्रकारको इन्धनको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनले कात्तिक १५ गते पठाएको नयाँ मूल्यसुचीअनुसार इन्धनको भाउ बढेको जनाउँदै यहाँ पनि मूल्य बढाएको हो । नया मूल्य समायोजनपश्चात् निगमलाई १५ दिनमा २ अर्ब ६२ करोड नोक्सान हुने प्रक्षेपण गरिएको बक्तब्यमा उल्लेख गरिएको ।

१५ दिनमा ३ अर्ब २ करोड घाटा हुने देखिएपछि कात्तिक २४ गते बसेको निगम सञ्चालक समितिले इन्धनको मूल्य बढाउने निर्णय गरेको निगमका सह प्रवक्ता कार्कीले जानकारी दिए।

निगमको ‘सञ्चालक समितिले निर्णय गरे अनुसार पेट्रोल, डिजेल र मटितेलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ, खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ७५ रुपैयाँ बढाउने निर्णय भएको सह प्रवक्ता कार्कीले जानकारी दिएका छन् । ‘नयाँ मूल्य बुधबार राति १२ बजेदेखि नै लागू हुनेगरि निगमले आन्तरिक तथा बाह्य हवाई इन्धनमा साविकको बिक्री मूल्यमा प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरेको हो।

मूल्यवृद्धिपश्चात् पेट्रोलको नयाँ खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ३६ रुपैयाँ, डिजेल र मटितेल ११९/११९ रुपैयाँ, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १५ सय ७५ रुपैयाँ पर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *