बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन हजार ६०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको बजारमा सुन प्रतितोला तीन लाख तीन हजार १०० रुपैयाँ खरिदबिक्री भएको छ। बिहीबार सुन प्रतितोला दुई लाख ९९ हजार ५०० रुपैयाँ खरिदबिक्री भएको थियो।

त्यस्तै, आजको बजारमा चाँदी प्रतितोला चार हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीवार चाँदी प्रतितोला चार हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *