नेपाल प्रहरीमा नयाँ भर्ना खुल्यो, प्रहरी सहायक निरीक्षकसहित ३३४ कर्मचारी माग

काठमाडौं। नेपाल प्रहरीले जनपद प्रहरी समूहअन्तर्गत विभिन्न पदमा ३३४ जना कर्मचारी माग गर्दै नयाँ भर्ना खुला गरेको छ।

प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागअन्तर्गत वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले दरखास्त आह्वान गरेको हो।

जसमा प्रहरी सहायक निरीक्षक (जनपद)पदमा २११, प्रहरी कार्यालय सहयोगीतर्फ भान्छे ८३, हजाम १५ र कुचीकार २५ जना माग गरिएको छ।

इच्छुक उम्मेदवारले असोज १२ गतेदेखि कात्तिक १० गतेसम्म आवेदन दिन सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *