काठमाडौँ । सरकारले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ।
सूचना तथा सञ्चार मन्त्रालयले बिहीबार सूचना प्रकाशित गर्दै बोर्डको अध्यक्ष नियुक्तिका लागि इच्छुक तथा योग्य व्यक्तिबाट आवेदन माग गरेको हो। मन्त्रालयले अध्यक्ष पदमा एक जना उम्मेदवार छनोट गरी नियुक्तिका लागि सिफारिस गर्नुपर्ने भएकाले दरखास्त आह्वान गरिएको जनाएको छ।
इच्छुक उम्मेदवारले आगामी असोज ७ गते बुधबार कार्यालय समयभित्र मन्त्रालयमा दरखास्त बुझाउनुपर्नेछ।
अध्यक्ष पदका लागि आवश्यक न्यूनतम योग्यता, दरखास्त फाराम तथा आवेदनसँगै पेस गर्नुपर्ने कागजातसम्बन्धी विस्तृत विवरण मन्त्रालयको वेबसाइटमा राखिएको सूचनामा उल्लेख छ।
मन्त्रालयले तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिलाई आवश्यक कागजातसहित निर्धारित समयभित्र आवेदन दिन आग्रह गरेको छ।





