काठमाडौं । सर्वोच्च अदालतको निर्माणाधीन भवनमा फेरि आगलागी भएको छ। अदालतको मुद्दा फाँटअन्तर्गतको मल्टिप्लगमा विद्युत् सर्ट हुँदा बन्द कोठाभित्र आगलागी भएको सर्वोच्च अदालतले जनाएको छ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार आगलागीबाट एउटा टेबल र तीन थान कम्प्युटर जलेका छन्। भने, महत्वपूर्ण मिसिलहरूमा भने क्षति नभएको उनले बताए।
आगलागीको सूचना पाएलगत्तै प्रहरी र दमकलको टोली घटनास्थलमा पुगेको थियो। टोलीले आगो नियन्त्रणमा लिएको छ।




