काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा २४ अर्ब १० करोड ७४ लाख रुपैयाँ लगानी गर्ने भएको छ।
यसका लागि भदौ २२ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ।
कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा १९ अर्ब २८ करोड ५९ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ३ अर्ब ६१ करोड ६१ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा १ अर्ब २० करोड ५४ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ।
यो लगानी सन् २०२६ सेप्टेम्बर १४ देखि २०२७ सेप्टेम्बर १४ सम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।






