काठमाडौं । आज पनि शेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १५.४४ अंकले बढेर २५३८.११ को विन्दुमा बन्द भएको छ ।
आज ३५४ कम्पनीको शेयर किनबेच हुँदा २ अर्ब ९३ करोडको शेयर कारोबार भएको छ । आज १९३ कम्पनीको शेयर मूल्य बढेको छ भने ७५ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै सानिमा मिडिल तमोरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १४ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १२ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोलु हाइड्रोको १२ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै माथिल्लो मौलुङ खोलाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १०.२३ प्रतिशतका दरले कमाएका छन् । उपकार लघुवित्तका लगानीकर्ताले ८.८६ प्रतिशतका दरले कमाएका छन् । रसुवागढी हाइड्रोका लगानीकर्ताले ५.९९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै एनएमबि इनर्जी बोन्ड २०९३ ९४ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ५.८१ प्रतिशतका दरले गुमाएका हुन् ।






