६ दिनको गिरावटपछि नेप्सेमा सुधार, कारोबार रकम करिब ३ अर्ब नजिक

काठमाडौं । पछिल्लो ६ कारोबार दिन लगातार घटेको सेयर बजारमा मंगलबार सामान्य सुधार आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९.२४ अंकले बढेर २ हजार ५२२.६६ विन्दुमा पुगेको छ।

मंगलबार ३४१ कम्पनीका ७६ लाख १३ हजार ६८१ कित्ता सेयर ४८ हजार ३४१ पटकको कारोबारमा २ अर्ब ९० करोड ६९ लाख ४३ हजार रुपैयाँमा खरिदबिक्री भएका छन्। अघिल्लो दिन सोमबार ३ अर्ब ६४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो।

कारोबारमा आएका १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन समूहबाहेक सबै उपसूचक बढेका छन्। जलविद्युत् समूह १.०१ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन समूह १ प्रतिशतले घटेको छ।

मंगलबार माथिल्लो मैलुङ खोला जलविद्युत्को सेयर मूल्य ७.१५ प्रतिशतले बढेको छ। यता उपकार लघुवित्तको सेयर मूल्य ८.४८ प्रतिशतले घटेको छ। बजारमा १८१ कम्पनीको सेयर मूल्य बढ्दा ८४ कम्पनीको घटेको र १२ कम्पनीको स्थिर रहेको छ।

कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। कम्पनीको १३ करोड ८२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। त्यस्तै, शिवम् सिमेन्टको करिब १३ करोड ६४ लाख रुपैयाँ र आँखुखोला जलविद्युत्को १० करोड ३६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *