लियोनेल मेसीद्वारा अर्जेन्टिना राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय फुटबल संन्यासको घोषणा

काठमाडौं । विश्व फुटबलका दिग्गज खेलाडी तथा अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन्। प्रख्यात खेल पत्रकार फेब्रिजियो रोमानोले मेसीले अर्जेन्टिना राष्ट्रिय टोलीका लागि आफ्नो यात्रा टुङ्ग्याएको आधिकारिक पुष्टि गरेका हुन्।

​३९ वर्षीय सुपरस्टार मेसीले अर्जेन्टिनाका लागि २०२२ फिफा विश्वकप, कोपा अमेरिका लगायतका ऐतिहासिक उपाधिहरू दिलाएका थिए। उनले सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत राष्ट्रिय टोलीसँगको आफ्नो यात्रालाई विश्राम दिने निर्णय सार्वजनिक गरेका हुन्।

​क्लब फुटबल भने जारी रहने:

मेसीले सम्पूर्ण फुटबल खेलबाट भने संन्यास लिएका छैनन्। उनी अमेरिकी क्लब इन्टर मियामी (Inter Miami) का लागि Major League Soccer (MLS) मा निरन्तर मैदानमा देखिनेछन्। हालै मियामीका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका मेसीले क्लब स्तरमा आफ्नो खेल जीवनलाई अझै केही समय निरन्तरता दिनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *