काठमाडौं । साउनमा वैदेशिक रोजगारीका लागि ७० हजार ४४१ जनाले श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार स्वीकृति लिनेमा ६० हजार ४७२ पुरुष र ९ हजार ९६९ महिला छन्।

arthasanjal-cg-hero

साउनमा ४२ हजार ६९३ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने २७ हजार ७४८ जनाले पुनः श्रम स्वीकृति लिएका छन्।

म्यानपावरमार्फत २९ हजार ४४७, व्यक्तिगत प्रक्रियाबाट १२ हजार ४४२ र जीटुजीमार्फत ७१२ जनाले श्रम स्वीकृति लिएका छन्।

देशगत रूपमा सबैभन्दा धेरै श्रम स्वीकृति यूएईका लागि १८ हजार ७८४ जनाले लिएका छन्। त्यस्तै, मलेसियाका लागि १२ हजार ४९८, कतारका लागि १० हजार ३६० र साउदी अरबका लागि ८ हजार ६१३ जनाले श्रम स्वीकृति लिएका छन्।

गत असारमा ६९ हजार ३६२ जनाले श्रम स्वीकृति लिएका थिए। आर्थिक वर्ष २०८२/८३ मा भने ७ लाख ९२ हजार १८७ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांक छ।