काठमाडौं । आज पनि शेयर बजार झिनो अंकले बढेको छ । नेप्से परिसूचक ०.५५ अंकले बढेर २६४२.४० को विन्दुमा कायम भएको छ ।
आज ३४८ कम्पनीको शेयर किनबेच हुँदा ३ अर्ब ५३ करोड माथिको शेयर कारोबार भएको छ । आज १०२ कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३१ करोड ६० लाख रुपैयााको शेयर कारोबार भएको छ । सेन्ट्रल फाइनान्सको २२ करोड ४८ लाख रुपैयााको शेयर कारोबार भएको छ । सोलु हाइड्रोको २२ करोड ६ लाख रुपैयााको शेयर कारोबार भएको छ । खानीखोला हाइड्रोको १० करोड ९९लाख रुपैयााको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै माउन्ट एभरेष्टका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले १५ प्रतिशतका दरले कमाएका छन् । इमर्जिङ नेपालका लगानीकर्ताले ५.४८ प्रतिशतका दरले कमाएका छन् । एचआइडिसीएलका लगानीकर्ताले ४.९५ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै आइसीएफसीका डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले १५ प्रतिशतका दरले गुमाएका छन् ।






