ह्युन्डाईको ‘मेड-इन-नेपाल’ भेन्यू र भेन्यू एन लाइन सार्वजनिक, मूल्य ४८ लाख ९६ हजारदेखि

काठमाडौं । नेपालका लागि ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले ‘मेड-इन-नेपाल’ ह्युन्डाई भेन्यू र भेन्यू एन लाइन नेपाली बजारमा सार्वजनिक गरेको छ। नेपालमै एसेम्बल गरिएका यी दुवै मोडल नयाँ डिजाइन, आधुनिक प्रविधि र सुरक्षा सुविधासहित बजारमा आएका हुन्।

कम्पनीका अनुसार नयाँ भेन्यूले नेपालको कम्प्याक्ट SUV सेग्मेन्टमा ग्राहकहरूलाई नयाँ र परिष्कृत अनुभव प्रदान गर्नेछ।

‘मेड-इन-नेपाल’ भेन्यू सशक्त र आकर्षक डिजाइनमा उपलब्ध छ। यसमा ‘ट्विन हर्न’ एलइडी डीआरएल (Twin Horn LED DRLs), होराइजन एलइडी रियर ल्याम्प, र पावर टिल्ट-एन्ड-स्लाइड सनरुफ जस्ता विशेषताहरू छन्। गाडीभित्र १०.२५-इन्चको विशाल इन्फोटेनमेन्ट डिस्प्ले र सुरक्षाका लागि ६ वटा एयरब्याग जडान गरिएको छ। यो गाडी १.२-लिटर र १.०-लिटर टर्बो पेट्रोल इन्जिन विकल्पमा उपलब्ध छ, जसले इन्धन दक्षता र ड्राइभिङमा सहजता प्रदान गर्दछ।

भेन्यू एन लाइन (VENUE N Line)

स्पोर्टी लुक्स मन पराउने ग्राहकका लागि कम्पनीले ‘भेन्यू एन लाइन’ सार्वजनिक गरेको छ। यसमा एन-ब्रान्डेड सिट, एन-ब्रान्डेड एलोय ह्विल, सिग्नेचर रेड हाइलाइट्स सहितको बडी-कलर क्ल्याडिङ र विशिष्ट एन लाइन स्टाइलिङ एलिमेन्ट्सहरू रहेका छन्। यसले भेन्यूको आरामदायीपनलाई कायम राख्दै थप गतिशील र प्रिमियम ड्राइभिङ अनुभव दिने कम्पनीको दाबी छ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘मेड-इन-नेपाल’ भेन्यूलाई तीनवटा भेरियन्टमा बजारमा उतारेको छ:

१. HX 2 (१,१९७cc पेट्रोल)
२. HX 5+ (१,१९७cc पेट्रोल)
३. HX 5 DCT (९९८cc पेट्रोल)

‘मेड-इन-नेपाल’ भेन्यूको सुरुवाती मूल्य ४८ लाख ९६ हजार तोकिएको छ भने भेन्यू एन लाइनको सुरुवाती मूल्य ६७ लाख ९६ हजार रहेको छ।

यी दुवै मोडेलहरू अहिले नेपालभरका ह्युन्डाई शोरुमहरूमा उपलब्ध छन्। इच्छुक ग्राहकहरूले नजिकैको शोरुममा गएर नयाँ भेन्यूको डिजाइन, प्रविधि र ड्राइभिङको प्रत्यक्ष अनुभव लिनुका साथै थप जानकारी प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *