एनआइसी एशिया क्यापिटलको ५० प्रतिशत लाभांश घोषणा

काठमाडौं। एनआइसी एशिया क्यापिटलले शेयरधनीलाई गत आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट ५० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । क्यापिटलको साउन २६ गते बसेको सञ्चालक समितिको बैठकले करसहित ५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

क्यापिटलको सोही बैठकले भदौ २६ गते १०औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । सभा क्यापिटलको, रजिस्टर्ड कार्यालय, थापाथली, काठमाडौंमा बिहान नौ बजेबाट सुरु हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *