एसीसी प्रिमियर कप : सन्दीपको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी एसीसी प्रिमियर कपका लागि १४ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ।

मलेसियामा अगस्ट ३० देखि सेप्टेम्बर १२ सम्म आयोजना हुने प्रतियोगिताका लागि क्यानले अनुभवी तथा युवा खेलाडीलाई समेटेर टोली घोषणा गरेको हो।

टोलीमा सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्र सिंह ऐरी, बसिर अहमद, ईशान पाण्डे, गुल्शन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा रहेका छन्।

क्यानका सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिअनुसार सन्दीपलाई नेपाली राष्ट्रिय टोलीको एकदिवसीय कप्तानको जिम्मेवारी दिइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *