विदेशबाट फर्किएका नेपालीलाई नबिल बैंकको १० करोडसम्म कर्जा

काठमाडौं । नबिल बैंकले विदेशबाट फर्किएका नेपालीलाई स्वदेशमै व्यवसाय सञ्चालन गर्न प्रोत्साहित गर्ने उद्देश्यले ‘नबिल स्किल्ड माइग्रेन्ट इन्टरप्रेन्योरसिप लोन’ योजना ल्याएको छ।

योजनाअन्तर्गत १५ लाखदेखि १० करोड रुपैयाँसम्म कर्जा लिन सकिने बैंकले जनाएको छ। विदेशमा आर्जन गरेको सीप, ज्ञान र अनुभवलाई नेपालमै व्यवसायमा प्रयोग गर्न चाहने नेपालीलाई लक्षित गरी कर्जा सुविधा ल्याइएको हो।

योजनासम्बन्धी थप जानकारीका लागि नबिल बैंकको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *