भरतपुरमा ५७ हजार ७७३ मतगणना, अग्रता फराकिलो बनाउँदै रेणु

 भरतपुर महानगरपालिकामा ५७ हजार ७७३ मतको गणना भएको छ । जारी गणनामा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता फराकिलो बनाउँदै लगेकी छन् ।

रेणुले २१ हजार ६८३ मत पाएकी छन् । एमालेका विजय सुवेदीले १८ हजार ५०२ मत पाएका छन् । स्वतन्त्र उमेदवारी दिएका जगन्नाथ पौडेलले ८ हजार ६७ मत प्राप्त गरेका छन् । रेणु विजयभन्दा ३ हजार १८१ मतले अघि छिन् ।

उपमेयरमा कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले २४ हजार ३० मत पाएका छन् । उनलाई राप्रपाकी हिमला गुरुङले १४ हजार ६६० मतका साथ पछ्याइरहेकी छन् । उनीहरूबीचमा ९ हजार ३६७ मतको अन्तर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *