उपत्यकामा २४ घण्टामा ६४० सवारीमाथि ट्राफिक कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने ६४० वटा सवारीसाधनमाथि कारबाही गरिएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार २०८३ साउन २५ गते बिहान ६ बजेसम्मको अवधिमा सबैभन्दा धेरै तिब्र गतिमा सवारी चलाउने ११० वटा सवारी कारबाहीमा परेका छन्।

त्यस्तै, सिसिटिभीमार्फत नियम उल्लंघन गर्ने ७०, मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ३४ र रेड लाइट उल्लंघन गर्ने ३४ वटा सवारीमाथि कारबाही गरिएको छ।

हर्नको अनावश्यक प्रयोग गर्ने २६, लेन अनुशासन उल्लंघन गर्ने ११, सवारीको अवस्था ठीक नभएका ८ तथा वन वे नियम उल्लंघन गर्ने ३ वटा सवारीमाथि पनि कारबाही गरिएको छ।

यसैगरी, अन्य प्रकृतिका ट्राफिक नियम उल्लंघनमा ३४४ वटा सवारीसाधन कारबाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ।

प्रहरीले सडक अनुशासन कायम गर्न नियमित रूपमा ट्राफिक निगरानी तथा कारबाही गर्दै आएको जनाएको छ। सवारी चालकलाई ट्राफिक नियम पालना गरी सुरक्षित रूपमा यात्रा गर्नसमेत आग्रह गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *