काठमाडौं । आज शेयर बजारमा सामान्य वृद्धि भएर बन्द भएको छ । नेप्से परिसूचक ४.७९ अंकले बढेर २६६७.९७ को विन्दुमा कायम भएको छ ।
आज ३५० कम्पनीको शेयर किनबेच हुँदा ४ अर्ब ४० करोड माथिको शेयर कारोबार भएको छ । आज १२२ कम्पनीको शेयर मूल्य बढेको छ भने १४३ कम्पनीको शेयर मूल्य घटेको छ । यो दिन ११ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
आज सबैभन्दा धेरै सोलु हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५८ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको ३४ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । खानीखोला हाइड्रोको २७ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सोलु हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका हुन् । शिखर पावरका लगानीकर्ताले ५.९१ प्रतिशतका दरले कमाएका छन् । रिडी पावरका लगाीकर्ताले ५.७९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै एभरेष्ट कलरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.०३ प्रतिशतका दरले गुमाएका हुन् ।




