महालक्ष्मी विकास बैंक ‘राइजिङ स्टार–ग्रोथ’ अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौं । महालक्ष्मी विकास बैंकले भारतको कोलकातास्थित इन्डियन चेम्बर अफ कमर्स बाट प्रदान गरिने प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ। बैंकले ‘राइजिङ स्टार–ग्रोथ’ विधाअन्तर्गत सम्मान हासिल गरेको जनाएको छ।

बैंकका अनुसार नयाँदिल्लीमा जुलाई २४, २०२६ मा आयोजित चौथो इमर्जिङ एसिया बैंकिङ कनक्लेभ एन्ड अवार्ड्स कार्यक्रममा उक्त सम्मान प्रदान गरिएको हो। बिमस्टेक क्षेत्रका बैंकहरूको सहभागिता रहेको कार्यक्रममा भारत, नेपाल, श्रीलंका, बंगलादेश र म्यानमारका वित्तीय संस्थाहरू सहभागी थिए।

डिजिटल बैंकिङ सेवाको विस्तार, नवीन वित्तीय उत्पादन विकास, व्यवसाय विस्तार, वित्तीय पहुँच अभिवृद्धि तथा उत्तरदायी बैंकिङ अभ्यासमा गरेको योगदानका आधारमा बैंकलाई उक्त अवार्ड प्रदान गरिएको जनाएको छ। बैंकका अनुसार यस सम्मानले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान अझ सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।

यसअघि पनि महालक्ष्मी विकास बैंकले ‘एसेट क्वालिटी’ (सम्पत्ति गुणस्तर) विधाअन्तर्गत यही अवार्ड प्राप्त गरेको थियो।

‘सबल बैंक, सफल सहकार्य’ भन्ने नारासहित सेवा प्रदान गर्दै आएको बैंकले हालै काठमाडौं महानगरपालिका–३०, ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *