काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार बढेको छ । नेप्से परिसूचक ७.९० अंकले बढेर २७३४.६३ को विन्दुमा बन्द भएको छ ।
आज ३५३ कम्पनीको शेयर किनबेच हुँदा ६ अर्ब २६ करोड माथिको शेयर कारोबार भएको छ । आज १५२ कम्पनीको शेयर मूल्य बढेको छ भने १०९ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै रिडी पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३० करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २७ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कुमारी बैंकको २५ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एभरेष्ट कलरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् । आत्मानिर्भर लघुवित्तका लगानीकर्ताले १४.४६ प्रतिशतका दरले कमाएका छन् । सगरमाथा जलविद्युतका लगानीकर्ताले ६.८३ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सानिमा बैंक डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ८.९२ प्रतिशतका दरले गुमाएका छन् ।




