मञ्जुश्री फाइनान्सको ८ लाख ३९ हजार बढी कित्ता शेयर बिक्रीमा

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले संस्थापक समूहअन्तर्गतका ८ लाख ३९ हजार ५८३ कित्ता शेयर लिलामीमार्फत बिक्रीमा राखेको छ। कम्पनीले उक्त शेयर आज साउन ८ गतेबाट बिक्रीमा राखिएको हो।

यो शेयरमा योग्य व्यक्ति तथा संगठित संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्।

बिक्रीमा राखिएको शेयरको मूल्य प्रतिकित्ता १२० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलको काठमाडौं लाजिम्पाटस्थित कार्यालयमा पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति साउन १८ गतेसम्म रहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *