काठमाडौं । हिजो घटेको शेयर बजार आज भने बढेर बन्द भएको छ । नेप्से परिसूचक १४.१७ अंकले बढेर २७२६.७२ को विन्दुमा कायम भएको छ ।
आज ३३८ कम्पनीको शेयर किनबेच हुँदा ४ अर्ब ६९ करोड माथिको शेयर कारोबार भएको छ । आज १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २८ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको २७ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको २४ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एभरेष्ट कलरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् । स्नो रिभरका लगानीकर्ताले १३.७१ प्रतिशतका दरले कमाएका छन् । अपोलो हाइड्रोका लगानीकर्ताले ११.०४ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै कुथेली बुखरी स्मल हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले गुमाएका छन् ।




