सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुदैँछ कारोबार ?

नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। यस दिन सुन प्रतितोला ३०० रुपैयाँ र चाँदी प्रतितोला २५ रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला दुई लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको बजारमा चाँदी प्रतितोला चार हजार ४८० रुपैयाँमा कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *