जनकपुरधाम । जानकी मन्दिर परिसरमा विवाद उत्पन्न भएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राई (साम्पाङ) ले जानकी मन्दिर जाने पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेका छन्।
हर्क साम्पाङको स्वागतका लागि पुगेका श्रम संस्कृति पार्टीका कार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले जानकी मन्दिर परिसरबाट हटाएपछि सम्भावित मुठभेडलाई ध्यानमा राख्दै प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको थियो।
विवाद बढेपछि साम्पाङ जानकी मन्दिर नपुगी जनकपुरस्थित होटल क्राउन प्लाजामा पुगेका हुन्। त्यहाँ आयोजित श्रम संस्कृति पार्टीको मधेस प्रदेश समितिको साधारणसभा तथा पार्टी प्रवेश कार्यक्रममा उनी सहभागी भएका छन्।




