काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा देखिएको चरम विकृतिका कारण नागरिकमा असन्तुष्टि बढ्दै गएको बताएका छन्।
गुरुराज घिमिरेद्वारा लिखित ‘बुद्ध, बिपी र आजका नेता लिलिपुटका लघुमानव’ पुस्तकको मंगलबार काठमाडौंमा आयोजित विमोचन कार्यक्रममा बोल्दै सभापति थापाले राजनीतिमा देखिएको विकृति समयमै सम्बोधन गर्नुपर्ने बताएका हुन्।
‘राजनीतिमा चरम विकृति छ र यो विकृतिले गर्दा नागरिकमा व्यापक रूपमा असन्तुष्टि आइरहेको छ’, थापाले भने, ‘यो विकृति समयमै सम्बोधन गरिएन भने विस्फोट हुन्छ ।’
उनले यसलाई सम्बोधन गर्ने काम नेपाली कांग्रेसले गर्नुपर्ने भन्दै राजनीतिमा मौलाएको विकृतिबारे नेता गुरुराज घिमिरेले विगतमा पनि पटक पटक उठाउँदै आउने गरेको बताए ।




