प्रोटोनको नयाँ विद्युतीय एसयूभी ‘ई.मास ५’ नेपालमा सार्वजनिक, कति पर्छ मूल्य?

काठमाडौं । प्रोटोनको विद्युतीय एसयूभीमा नयाँ मोडल प्रोटोन इमास ५ नेपाली बजारमा सार्वजनिक भएको छ । कम्पनीले यो गाडी दुई भेरियन्टमा ल्याएको छ।

यसको बेस भेरियन्टको मूल्य २९ लाख ९९ हजार र टप भेरियन्टको मूल्य ३४ लाख ९९ हजार निर्धारण गरिएको छ। यो मूल्य पहिलो १०० जना ग्राहकको लागि मात्र लागु हुनेछ।

नयाँ इमास ५ आकर्षक डिजाइन, आधुनिक प्रविधि तथा दैनिक प्रयोगका लागि उपयुक्त इलेक्ट्रिक एसयूभीका रूपमा बजारमा आएको कम्पनीले जनाएको छ।

यसमा स्मार्ट कनेक्टिभिटी, एड्भान्स्ड सेफ्टी फिचर, डिजिटल इन्स्टुमेन्ट क्लस्टर तथा आधुनिक इन्फोटेनमेन्ट सिस्टम जस्ता सुविधाहरू समावेश छ।

नेपालमा पछिल्लो समय किफायती मूल्यका इलेक्ट्रिक गाडीप्रति उपभोक्ताको आकर्षण बढिरहेका बेला इमास ५ ले मध्यम मूल्य वर्गको इभी बजारमा प्रतिस्पर्धा थप तीव्र बनाउने अपेक्षा गरिएको छ ।

कम्पनीका अनुसार २९.९९ लाख र ३४.९९ लाख मूल्यमा उपलब्ध दुई भेरियन्टले फरक-फरक ग्राहक समूहलाई लक्षित गर्नेछन्। काठमाडौँको सोल्टी होटलमा आयोजना गरी कम्पनीले सो गाडीको आधिकारिक बुकिङ खुला भएको जानकारी गराएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *