काठमाडौं । लक्ष्मी सनराइज बैंकले साउन १४ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ‘लक्ष्मी सनराइज डिबेन्चर २०९२’ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले प्रतिइकाइ १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख इकाइ ऋणपत्र जारी गर्न लागेको हो।
बैंकले कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि जारी गरिनेछ।
सर्वसाधारणलाई जारी गरिने कुल इकाइ ५ प्रतिशतले हुन आउने ६० हजार इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ११ लाख ४० हजार इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।
यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतममा २५ कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।
यस ऋणपत्र निष्कासन बन्द छिटोमा साउन १९ गते र ढिलोमा साउन २८ गते बैंकिङ समयपछि हुनेछ।
यो ऋणपत्र १० वर्ष अवधिको हो। यसमा लगानीकर्ता वार्षिक रुपमा ७ प्रतिशत ब्याज पाउनेछन्।
ऋणपत्रको बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल रहेको छ।




