शेयर बजारमा ४१ अंकको वृद्धि, ५ अर्ब ५१ करोडकाे कारोबार

काठमाडौं । आज शेयर बजार भारी अंकले बढेको छ । नेप्से परिसूचक ४१.७० अंकले बढेर २७१९.२४ को विन्दुमा बन्द भएको छ ।

आज ३४३ कम्पनीको शेयर किनबेच हुँदा ५ अर्ब ५१ करोड माथिको शेयर कारोबार भएको छ । आज २३९ कम्पनीको शेयर मूल्य बढेको छ भने ३२ कम्पनीको मात्रै शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २९ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको २४ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको२० करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एभरेष्ट कलरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४.९७ प्रतिशतका दरले कमाएका हुन् । रिज लाइन इनर्जीका लगानीकर्ताले १४.६४ प्रतिशतका दरले कमाएका छन् । श्रीनगर एग्रिटेकका लगानीकर्ताले १०.९५ प्रतिशतका दरले कमाएका छन् । सोलु हाइड्रोपावरका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६.८६ प्रतिशतका दरले गुमाएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *