पहिलो हाफमा स्पेन र अर्जेन्टिना गोलरहित, मैदानबाट बाहिरिए मार्टिनेज

काठमाडौँ । फिफा विश्वकप २०२६ को उपाधिका लागि भइरहेको फाइनल खेलम साविक विजेता अर्जेन्टिना र युरोपेली च्याम्पियन स्पेनले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन्।

न्युयोर्क न्युजर्सी स्टेडियममा जारी निकै तनावपूर्ण र प्रतिस्पर्धात्मक खेलको पहिलो ४५ मिनेटमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरे पनि स्कोरबोर्डमा परिवर्तन हुन सकेन ।

खेलको सुरुवाती समयदेखि नै स्पेनले बलमाथि नियन्त्रण जमाउँदै अर्जेन्टिनालाई दबाबमा राख्ने प्रयास गरेको छ। यद्यपि, अर्जेन्टिनाको शारीरिक रूपमा आक्रामक खेल र बलियो रक्षापंक्तिले स्पेनका फरवार्डहरूलाई खुलेर खेल्न दिएको छैन।

खेलको ४१औं मिनेटमा स्पेनका मिकेल ओयार्जाबाललाई लडाएपछि अर्जेन्टिनी डिफेन्डर लिसान्द्रो मार्टिनेजले पहेंलो कार्ड पाए लगत्तै ४४ औं मिनेटमा चोटका कारण मार्टिनेज आँसु झार्दै मैदानबाट बाहिरिन बाध्य भए। उनको स्थानमा अनुभवी निकोलस ओटामेन्डी मैदान प्रवेश गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *