काठमाडौँ।अर्जेन्टिनाले सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध खेलेको टोलीबाट ३ खेलाडी परिवर्तन गरेको छ ।
नाहुइल मोलिना, गिउलिएनो सिमोनी र लियोनार्डो पारेडेजको स्थानमा गोन्जालो मोन्टेइल, रोड्रिगो डी पाल र निको गोन्जालेजलाई खेलाएको छ ।
तर, स्पेनले भने सेमिफाइनलमा फ्रान्सलाई २-० ले पराजित गरेको आफ्नो टोलीबाट कुनै खेलाडी परिवर्तन गरेको छैन ।