दशैँ लगत्तै  काठमाडौंमा विदेशी सेना उत्रिने भित्रिन्छ: दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले दसैँ लगत्तै  काठमाडौंमा विदेशी सेना उत्रिने दाबी गरेका छन्। शुक्रबार काठमाडौंमा पत्रकारहरूसँगको अन्तरक्रियामा उनले यस्तो दाबी गरेका हुन्।

‘लगभग दसैँ छेकोमा यहाँ विदेशी सेना उत्रिँदै छ। अनि दलाई लामा पनि यहाँ जन्मन्छन्। त्यही विदेशी सेनाले दलाई लामालाई प्रोटेक्ट गर्छ। अनि त्यतिखेर त्यसपछाडि परिस्थिति हेर्नुहोला। त्यो परिस्थितिबाट जोगाउने कि नजोगाउने ?’

झापामा तीन युवतीले आत्महत्या गरेको घटनाको उल्लेख गर्दै उनले आर्थिक अभाव र ऋणको दबाबले नागरिकहरू चरम निराशामा पुगेको बताए। देशको आर्थिक स्थिति अत्यन्त दयनीय अवस्थामा पुगेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *