सर्ट सेलिङको निर्देशनपछि शेयर बजारमा उत्साह, नेप्से ७९.७४ अंकले उकालो

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेप्से र सीडीएससीलाई सर्ट सेलिङ सञ्चालनमा ल्याउन निर्देशन दिएपछि शेयर बजारमा उत्साह देखिएको छ। त्यसको प्रभावस्वरूप आज शेयर बजार भारी अंकले बढेको छ। आज नेप्से परिसूचक ७९.७४ अंकले बढेर २६७७.५४ को विन्दुमा बन्द भएको छ ।

आज ३३५ कम्पनीको शेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड माथिको शेयर कारोबार भएको छ । आज २५९ कम्पनीको शेयर मूल्य बढेको छ भने १३ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २२ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको १७ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको १५ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै श्रीनगर एग्रिटेकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । सूर्यकुण्ड हाइड्रोका लगानीकर्ताले १४.८३ प्रतिशतका दरले कमाएका छन् । शिखर पावरका लगानीकर्ताले १२.५४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस संस्थाका लगानीकर्ताले १५ प्रतिशतका दरले गुमाएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *