व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई बिमा तथा धितोपत्र कसुरमा धरौटी आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले व्यवसायी दीपक भट्ट र व्यवसायी सुलभ अग्रवाललाई बिमा तथा धितोपत्रसम्बन्धी कसुरमा धरौटीमा रिहा गर्न आदेश दिएको छ।

न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले बिहीबार साता लामो सुनुवाइपछि थुनछेक आदेश गर्दै बिमासम्बन्धी कसुरमा दीपक भट्टसँग एक करोड ५० लाख रुपैयाँ र सुलभ अग्रवालसँग २ करोड रुपैयाँ धरौटी माग गरेको हो।

यस्तै, धितोपत्रसम्बन्धी कसुरमा सुलभ अग्रवालसँग एक करोड ५० लाख रुपैयाँ तथा दीपक भट्टसँग एक करोड रुपैयाँ धरौटी माग गरिएको अदालतको आदेशमा उल्लेख छ।

यसैबीच, हिमालयन रिइन्स्योरेन्सको संस्थापक सेयर नक्कली असाइनमेन्ट (Assignment) कागजात प्रयोग गरी बिक्री गरेको आरोपसँग सम्बन्धित छुट्टै मुद्दामा अदालतले सुलभ अग्रवालसँग दुई करोड ३० लाख रुपैयाँ धरौटी माग गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *