कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी

रूपन्देही। कांग्रेसका सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित शाहमाथि कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्षमाथि आक्रमण गरेको आरोप छ।

कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मामाथि कपिलवस्तुको कृष्णनगरमा भएको सामूहिक आक्रमण प्रकरणमा शाहको संलग्नता रहेको आरोप लागे पनि कारबाही नभएको भन्दै चौतर्फी दबाब बढेपछि कपिलवस्तु प्रहरीले मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अघि बढाएको हो।

कपिलवस्तु प्रहरीका सूचना अधिकारी डीएसपी रिपेन्द्रकुमार सिंहले शाहविरुद्ध मुद्दा दर्ता भई कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिए।

यसअघि घटनामा संलग्न व्यक्तिहरुविरुद्ध जाहेरी दिन जाँदा प्रहरीले आलटाल गरेको र आफूलाई न्याय पाउनबाट वञ्चित गराईएको पीडित पक्षले गुनासो थियो।

पीडित अध्यक्ष शर्माका अनुसार, घटनापछि प्रहरीले अनुसन्धानमा सक्रियता देखाउनुको साटो जाहेरी दर्ता गर्न ढिलाइ गरेको थियो । उनले दुई दिनअघि मुद्दा शाखामा जाहेरी दर्ताका लागि निवेदन बुझाए पनि प्रक्रिया अघि नबढाइएको भन्दै पत्रकार सम्मेलनमार्फत असन्तुष्टि जनाएका थिए ।

शर्माले संघीय सांसद अषेकप्रताप शाह, कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजतप्रताप शाहसहित १५-२० जनाको समूह आफ्नो निवासमा प्रवेश गरी अन्धाधुन्ध कुटपिट गरेको आरोप लगाएका छन् ।

उनले आफूले लामो समयदेखि क्षेत्रमा मौलाएको बेथिति, अनियमितता र आपराधिक गतिविधिविरुद्ध आवाज उठाउँदै आएकाले त्यसकै प्रतिशोधस्वरूप योजनाबद्ध रूपमा आक्रमण गरिएको दाबी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *