शेयर बजारमा ७.५० अंकको वृद्धि, ४ अर्ब ५२ करोडकाे कारोबार

काठमाडौं । आज शेयर बजार सामान्य अंकले बढेको छ । नेप्से परिसूचक ७.५० अंकले बढेर २५९७.८० को विन्दुमा बन्द भएको छ।

आज ३७१ कम्पनीको शेयर किनबेच हुँदा ४ अर्ब ५२ करोड माथिको शेयर कारोबार भएको छ । आज १२१ कम्पनीको शेयर मूल्य बढेको छ भने १५१ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै सिंगटी हाइड्रोको शेयर कारोबार भएको छ । आज यस कम्पनकिो २४ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा डिबेञ्चरको २३ करोडको कारोबार भएको छ । एनआरएनको २२ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एनआइबिएल ग्रोथ फन्डका इकाईधनीले कमाएका छन् । आज यसका यकाईधनीले १४.९६ प्रतिशतका दरले कमाएका छन् । फर्स्ट माइक्रोफाइनान्सका लगानीकर्ताले १४.६७ प्रतिशतका दरले कमाएका छन् । चिरख्वा हाइड्रोका लगानीकर्ताले १४.३४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ८.७७ प्रतिशतका दरले गुमाएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *