सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सातवटै प्रदेशमा नेकपा (एमाले)सँगको सहकार्य अन्त्य गर्ने तयारी गरेको छ। प्रदेश सरकारहरूमा नेकपा एमालेले देखाएको व्यवहार ठिक नभएको भन्दै कांग्रेसले सबै प्रदेशबाट आफ्नो पार्टीका मन्त्री फिर्ता बोलाउने भएको हो ।

पार्टी स्रोतका अनुसार, शीर्ष नेताहरूबीच निरन्तर भएको छलफलमा सहमति जुट्न नसकेपछि एमालेसँगको सहकार्यबाट कांग्रेस पछि हट्ने भएको हो ।

‘हाम्रा सातवटै प्रदेश सरकारमा भएका मन्त्रीहरूलाई फिर्ता बोलाउँछौं,’ कांग्रेसका एक पदाधिकारीले भने ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *