काठमाडौं । आज पनि शेयर बजार घटेको छ । नेप्से परिसूचक १९.६७ अंकले घटेर २६०१.९२ को विन्दुमा बन्द भएको छ।
आज ३६१ कम्पनीको शेयर किनबेच हुँदा ४ अर्ब ६१ करोड माथिको शेयर कारोबार भएको छ । आज ४२ कम्पनीको शेयर मूल्य बढेको छ भने २२९ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै ग्लोबल आइएमई बैंक डिबेञ्चरको कारोबार भएको छ । आज यसको ३५ करोड ५८ लाख रुपैयाँको ईकाइ कारोबार भएको छ । एबिएल डिबेञ्चरको २८ करोड ६५ लाख रुपैयाँको इकाई कारोबार भएको छ । बीओके डिबेञ्चरको २० करोड ८६ लाख रुपैयाँको इकाई कारोबार भएको छ ।
आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस संस्थाका लगानीकर्ताले १२.६८ प्रतिशतका दरले कमाएका हुन् । स्नो रिभर्सका लगानीकर्ताले ११.७६ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै बिओके डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ८.६६ प्रतिशतका दरले गुमाएका हुन् ।






