काठमाडौं । नक्सालस्थित बालमन्दिरको सम्पत्ति हिनामिना गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तीन जनालाई पक्राउ गरेको हो ।
उच्चस्तरीय जाँचबुझ समिति २०७७ को प्रतिवेदन अनुसार अनुसन्धानको लागि उनीहरू पक्राउ परेका हुन् ।
सीआईबीका अनुसार पक्राउ परेकाहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।
Artha Sanjal






