काठमाडौँ । विशेष अदालतले सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानका लागि विष्णु पौडेललाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
न्यायाधीशद्वय नारायण प्रसाद पौडेल र विदुर कोइरालाको इजलासले अनुसन्धानका लागि पाँच दिनको म्याद थप गर्ने आदेश दिएको हो।
सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्टसँग शङ्कास्पद कारोबार देखिएको भन्दै सम्पत्ति शुद्धीकरण विभागको सिफारिस अनुसार उनलाई सुर्खेतबाट पक्राउ गरिएको थियो । पौडेललाई यसअघि अदालतले तीन पटकसम्म म्याद थप गरिसकेको छ ।
Artha Sanjal






