वाणिज्य बैंकहरूले विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न पाउने

काठमाडौँ । आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंकहरूले विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो ।

विदेशी मुद्रा खरिदमार्फत हुने तरलता प्रवाह व्यवस्थापनलाई सहज बनाउन वाणिज्य बैंकहरुलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहित गरिनुका साथै विदेशी मुद्रा खरिदकै बखत स्टेरलाईज्ड इन्टरभेन्सन गर्ने नीतिगत व्यवस्था गरिनेछ ।

हालसम्म राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई विदेशी सरकारी ऋणपत्रहरूमा लगानीका लागि प्रोत्साहनको नीति लिने गरेको थिएन। देशमा पर्याप्त तरलता रहेको र यो वर्ष पनि यो अवस्थाले निरन्तरता पाउने अपेक्षाबिच यस्तो नीति लिइएको गभर्नर प्रा.डा. विश्व पौडेलले बताए।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *