शेयर बजार २४ अंकले बढ्यो, ४ अर्ब ४० करोडकाे कारोबार

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २४.५७ अंकले बढेर २६५१.६८ को विन्दुमा बन्द भएको छ ।

आज ३५२ कम्पनीको शेयर किनबेच हुँदा ४ अर्ब ४० करोड माथिको शेयर कारोबार भएको हो । आज २१० कम्पनीको शेयर मूल्य बढेको छ भने ५७ कम्पनीको शेयर मूल्य मात्रै घटेको छ ।

आज सबैभन्दा धेरै केबिएल डिबेञ्चरको कारोबार भएको छ । आज यसको २० करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एग्रिकल्चर डिबेञ्चरको १७ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्लोबल आइएमई बैंकको १६ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कालंगा हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् । आरबीबी फोकस ४० का इकाईधनीले १३ .८५ प्रतिशतका दरले कमाएका छन् । सानिगाढ हाइड्रोका लगानीकर्ताले १०.५७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १३.७८ प्रतिशतका दरले गुमाएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *