निरन्तर घट्दाे क्रममा सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँले घटेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भएको छ। सोमबार सुन तोलामा दुई लाख ८९ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो। पछिल्ला तीन दिनदेखि सुनचाँदीको मूल्य निरन्तर घट्दाे क्रममा रहेकाे छ।

त्यस्तै, आजको बजारमा चाँदी तोलाको चार हजार ५५५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको बजारमा चाँदी तोलामा चार हजार ५८५ रुपैयाँमा कारोबार भएको थियो।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *