शेयर बजारमा २६ अंकको गिरावट, ३ अर्ब ५५ करोडको कारोबार

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचक २६.२९ अंकले घटेर २६२७.११ को विन्दुमा बन्द भएको छ ।

आज ३५६ कम्पनीको शेयर किनबेच हुँदा ३ अर्ब ५५ करोड माथिको शेयर कारोबार भएको छ । आज ३४ कम्पनीको शेयर मूल्य बढेको छ भने २३९ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट बैंक डिबेञ्चरको ५३ करोड ९४ लाख रुपैयाँको शेयर भएको छ । सेन्ट्रल फाइनान्सको १५ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १२ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै स्नो रिभर्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् । सानीगाढ हाइड्रोका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् । कालंगा हाइड्रोका लगानीकर्ताले १४.९८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १३.७९ प्रतिशतका दरले गुमाएका हुन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *