काठमाडौं । नेपाल प्रहरीका तीन नायव महानिरीक्षक (डीआईजी)सहित १०४ जना प्रहरी कर्मचारी उत्कृष्ट कार्यसम्पादनका आधारमा पुरस्कृत भएका छन्।
प्रहरी प्रधान कार्यालयले उत्कृष्ट कार्यसम्पादनको मूल्यांकन गर्दै एकैपटक १०४ जना प्रहरी कर्मचारीलाई नगदसहित पुरस्कृत गरेको हो।
पुरस्कृत हुने डीआईजीहरूमा कर्णाली प्रदेश प्रहरी कार्यालयका डीआईजी जयराज सापकोटा, लुम्बिनी प्रदेश प्रहरी कार्यालयका डीआईजी भुपेन्द्र खत्री र डीआईजी विश्वराज अधिकारी रहेका छन्।
उनीहरुलाई जनही २५ नगदसहित पुरस्कृत गरिएको हो ।
त्यस्तै एसएसपी रमेश थापा, नवराज अधिकारी, गोविन्द अधिकारी, शान्तिराज कोइराला, वेद बिष्टलाई जनही २५ सयसहित पुरस्कृत गरिएको छ ।
त्यसैगरी एसपीहरु चक्रराज जोशी, दीपक श्रेष्ठ, शरदकुमार थापा क्षेत्री, कुमोद ढुंगेल, अनन्तराम शर्मा, कमला लामा, सूर्यबहादुर थापालाई पनि जनही २४ सय नगदसहित पुरस्कृत गरिएको छ ।






