काठमाडौँ । दक्षिण कोरिया रोजगारीका लागि जाने तयारीमा रहेका नेपाली कामदारहरूको भिसा शुल्क वृद्धि भएको छ।
वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले सूचना जारी गर्दै भिसा शुल्कमा ६०० रुपैयाँ वृद्धि गरिएको जनाएको हो।यसअघि भिसा शुल्कबापत १० हजार ७०० रुपैयाँ तिर्दै आएका कामदारले अबदेखि ११ हजार ३०० रुपैयाँ बुझाउनुपर्नेछ।
नेपालस्थित कोरियन राजदूतावासको १ जुलाई २०२६ को पत्रअनुसार नयाँ शुल्क लागू गरिएको ईपीएस शाखाले जनाएको छ।
ईपीएस प्रणालीमार्फत दक्षिण कोरिया जानका लागि सीसीभीआई प्राप्त गरिसकेका व्यक्तिहरूले ईपीएस कार्यालयमा स्वयं उपस्थित भई फाराम बुझाउँदा नयाँ तोकिएको शुल्क बुझाउनुपर्नेछ ।
ईपीएस शाखाले भूलवश वा कुनै कारणले एउटै व्यक्तिको नाममा दोहोरो भुक्तानी भएमा उक्त रकम फिर्ता नहुने बताएको छ ।
Artha Sanjal







